November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादीको काठमाडौं केन्द्रित जनप्रदर्शन कार्यक्रम स्थगित

२०८० कार्तिक २०

1.3K

काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो ।

काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भएको तर अन्य पालिकाहरूमा भने तोकिएका जनप्रदर्शनका कार्यक्रम यथावत रहेको एक नेताले बताए ।

भूकम्पमा जनधनको धेरै क्षति भएको हुँदा यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने भएकोले जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय गरिएको उनले बताए ।

Advertisement

माओवादी केन्द्रले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो ।

कार्यक्रमको मिति छलफल गरेर पुनः घोषणा गरिने जनाइएको छ ।