काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
सचिवालय बैठकमा मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा र आगामी महाधिवेशनको तयारी सहित समसामयीक विषयहरूमा छलफल हुने पार्टीका उममहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।
बैठकमा कर्णाली भूकम्पको उद्धार तथा राहतका विषयमा पनि छलफल हुने बताइएको छ ।
सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा जान लागेकाले त्यसबारे समेत अध्यक्षले ब्रिफिङ गर्ने कार्ययोजना छ ।