April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

छैटौंं तरुण गोल्ड कपको उपाधि फिदिम ८ लाई

२०८० कार्तिक १७

1.2K

पाँचथर । छैटौंं तरुण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि फिदिम ८ ले जितेको छ । स्थानीय वडा फिदिम १ लाई १ ० गोलले पाखा लगाउदै फिदिम ८ ले उपाधि जितेको हो ।

खेलमा फिदिम ८ का अर्जुन गुरुङले गरेको गोलनै खेलको निणर्यक गोल बन्यो । कर्नर प्रहारबाट आएको पासलाई अर्जुनको वानटच प्रहार गोलमा परिणत भएको थियो ।

फिदिम ८ ले उपाधिसहित नगद ५१ हजार नगद, ट्रफि र प्रमाण-पत्र जित्दा उपविजेता फिदिम १ ले नगद ३५ हजार ट्रफि र प्रमाण-पत्र प्राप्त गरेको छ । बिजेता टोली र उपबिजेता टोलीलाई नेपाली काँग्रेस पाँचथरका निर्वतमान सभापति नरेन्द्र कुमार केरुङले पुरस्कार विरण गरेका थिए ।

Advertisement

तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा फिदिम नगरपालिकाका १४ वडाले सहभागिता जनाएको तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।