April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पिसाब पोल्नका कारण र निदान

२०८० कार्तिक १७

1.3K

काठमाडौँ । मृगौलाले हाम्रो शरीरमा रगत शुद्धिकरण गर्छ । तर, हाम्रै लापरवाहीका कारणले मृगौलामा समस्या उत्पन्न हुनसक्छ । मृगौलाको जोडी पिठ्यूँको मध्यभागमा करङको ठीक मुनी हुन्छ । यिनीहरुको आकार हाम्रो मुठ्ठी बराबर हुन्छ र यो हेर्दा राजमा जस्तो देखिन्छ ।

मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिशावमा पानीको मात्रा कमी हुँदा पनि यस्तो समस्या देखिन्छ । आवश्यक्ताभन्दा बढी मिनरल्सले पनि यस्तो समस्या निम्त्याउँछ ।

मृगौलाको पत्थरी
मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिशाबसँगै शरीरबाट बाहिर निस्किन्छ ।

Advertisement

तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिशाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

मृगौला खराब भएको लक्षण
किड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले अन्जानमा त कहिले लापरवाहीवस यसलाई नजरअन्दाज ग¥यो भने समस्याले ठूलो रुप लिन्छ ।

पेटमा तीव्र दुखाई, बारम्बार ट्वाइलेट जानु, पिशाब गर्ने बेला दुखाई, पिशाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि किड्नी खराब भएका मुख्य लक्षण हुन् ।

मृगौला पत्थरीको उपचार
कहिलेकाहीँ किड्नीमा पत्थरीको समस्या सामान्य अवस्थामा औषधिले पनि ठिक हुन्छ । तर कहिलेकाहीँ किड्नीमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ । यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, यूरेट्रोस्कोपीजस्ता कयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र विरामीलाई खासै अप्ठेरो हुँदैन ।

पत्थरी भएको कसरी थाहा पाउने ?
– पटक पटक पिसाब आउँछ र यो क्रम रातमा बढी हुन्छ ।

– पेटको तल्लो भागमा पीडा तथा जलन हुन्छ ।

– पिसाब फेरेको बेला जलन वा पीडा हुन्छ ।

– पिसाब रोक्न गाह्रो हुनु ।

कसलाई हुनसक्छ ?

– पाको व्यक्तिमा जसलाई प्रोस्टेटको समस्या छ ।

– जसको उमेर ८० बर्षभन्दा बढी भयो ।

– त्यस्तो पुरुष जसले बढी जंक फूड र फास्ट फूड सेवन गर्छ ।

– त्यस्तो व्यक्ति जसले पानी कम पिउँछन् ।

– जसको डाइटमा पोषणको कमी छ ।

– परीक्षणबाट सो कुरा सहि निस्किएमा औषधीको माध्यामबाट पनि यसको उपचार खोजिन्छ । औषधीले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

घरेलु उपचार
घरेलु उपचार विधी पनि अपनाउन सकिन्छ । यद्यपी चिकित्सकिय उपचार छाड्नु हुँदैन । घरेलु बिधीवाट पनि पत्थरी बाहिर निस्कन सक्छ, यद्यपी सावधानी अपनाउनु पर्छ ।

१.थाहा भएकै हो, खराब खानपानको कारण पनि पत्थरी हुन्छ । त्यसैले हल्का, सुपाच्य र पोषणले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

२.शरीरमा कहिले पनि पानीको अभाव हुन दिनु हुँदैन । दिनभर समय समयमा पानी पिउनुपर्छ । जुस, सुपको सेवन गर्न सकिन्छ । यद्यपी चिया, मदिरा, सोडा, कफीको सेवन हानिकारक हुनसक्छ ।

३.मूत्राशयको पत्थरीको घरेलु उपचार गर्ने हो भने, रोगीलाई केहि दिनसम्म कागती पानी, सुन्तलाको जुस, अधिक पानी पिउनुपर्छ ।

४.रोगीले बिहान टहल्नु पर्छ र दुई हप्तामा एक दिन उपवास गर्नुपर्छ । यसका साथै खानामा दही, सब्जी, सलाद आदि भरपुर लिनुपर्छ ।