April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एनआरएनए युरोप क्षेत्रको महिला उपसंयोजकमा अष्ट्रियाबाट भवानी तिवारीको उम्मेदवारी घोषणा

6.4K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रको महिला उपसंयोजकमा अष्ट्रियाबाट भवानी तिवारीले उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि एनआरएनएको विभिन्न जिम्मेवारी सम्हालेका उनले २०२३–०२५ को कार्यकालका लागि युरोप क्षेत्रको उपसंयोजकमा आफ्नो घोषणा गरेकी हुन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषदमा २०औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि एनआरएनएमा आफ्नो प्रत्येक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी तिवारी समाजसेवी समेत हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले भनेकी छन्, ‘सन् २००७ देखि सक्रिय पंंजीकृत सदस्य र अष्ट्रियामा २०१७–२०१९ महिला संयोजक, २०१९–२०२१ महासचिव र २०२१–२०२३ अध्यक्षको आफ्नो अनुभवको आधारमा केन्द्रको जिम्मेवारी निभाउन सक्छु भन्ने आत्मविश्वासको साथ यहाँहरु सम्पूर्णको सहयोग र साथको अपेक्षा राखेको सविनय अनुरोध गर्दछु ।’

Advertisement