April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बीआरआई परियोजनाबारे छिटो काम थालिने प्रधानमन्त्रीको भनाइ

775

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बीआरआई परियोजनाबारे छिटो काम थाल्ने बताएका छन् ।

नेपाल–चीन फ्रेण्डसिप फोरमले आज (आइतबार) काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरेको ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयक अन्तर्क्रिरयामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले बीआरआई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका हुन्।

नेपालको विकासको लागि बीआरआई अवसर भएको भन्दै उनले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । सो क्रममा प्रधानमन्त्री दाहालले चीनसँग कतिपय नीतिमा स्पष्ट हुनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

Advertisement

यस्तै, नेपाल चीनको यो द्रूततर विकास, गरीवी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआइ) बाट पूरा लाभान्वित हुन चाहेको पनि बताए । हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । “परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन”,उनले भने ।