April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महिला कवड्डीमा नेपाललाई कास्य पदक पक्का

1.1K

हान्झाउ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा शुक्रबार नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ ।

कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।

यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

Advertisement

नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।