April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादी कपिलवस्तुको अध्यक्षमा गीता अन्जान

1.5K

कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको अध्यक्षमा गीता अन्जान चयन भएकी छन् । शनिबार सम्पन्न भएको जिल्ला सचिवालय बैठकले जिल्ला अध्यक्षसहितका पदाधिकारी हेरफेर गरेसँगै अन्जानले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्षको जिम्मेवारीमा रहेका लंक बहादुर हमालले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको भूमिका पाएपछि उपाध्यक्ष रहनु भएकी अन्जानलाई अध्यक्षको जिम्मेवारी पाएका हुन् । यस्तै जिल्ला कमिटी उपाध्यक्षमा फैजल खान सचिवमा सरोज पौडेल चयन भएका छन् भने उपसचिवमा रामु पौडेल, इन्तेखाब अहमद खान, तुल्सीराम छिपिले जिम्मेवारी पाएका छन् ।

शनिबार जिल्लाको गोरुसिंगेमा बसेको सचिवालय बैठकलाई पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै पाण्डेले समाजवादी क्रान्तिमा नवनिर्वाचित कमिटीले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । साथै पार्टीको आसन्न महाधिवेशन केन्द्रित पार्टी गतिविधिलाई सक्रिय बनाउन निर्देशन समेत दिए ।

Advertisement

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लंकबहादुर हमालले सबैलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको भन्दै अब पार्टी काममा दत्तचित्त भएका काम गर्न आग्रह गरे ।