April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसियाली खेलकुद: प्रदिप खड्का दोस्रो चरणमा पराजित

925

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा पराजित भएका छन् । पुरुष एकलतर्फको सोमबार भएको दोस्रो चरणको खेलमा उनी जापानी प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् ।

जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराए । प्रदिपले जापानी खेलाडी सिनतारोलाई गतिलो चुनौति दिएका थिए ।

पहिलो सेटको खेल ५४ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १९ मिनेटमा सकिएको थियो । उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए ।

Advertisement

प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।