हङकङ । चिनमा भइरहेको एसियाली खेलकुदमा पुरुष एकल टेनिसमा नेपालका टेनिस खेलाडी प्रदीप खड्काले जित निकालेका छन् । आइतबार भएको खेलमा उनले पहिलो चरण टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई ६–० र ६–० ले हराएका हुन् ।
प्रदीपले अब दोस्रो चरणमा सोमबार जापानका सातौं वरीयताका मोची जुकीसँग खेल्नेछन् ।
अन्य खेलहरु पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोला भारतका साकेथ साइ र राजकुमारसँग ६–२ र ६–३ ले पराजित भए । यस्तै, महिला एकलमा अभिलाषा विष्ट थाइल्यान्डकी माननचाया स्वानगेवसँग एकपक्षीय रूपमा ६–० र ६–० ले पराजित भइन् भने माहिका राणा पनि दक्षिण कोरियाकी पार्क साहयुनसँग ६–० र ६–१ ले पराजित भइन् ।