April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सभामुख घिमिरे र आयरल्यान्डका राष्ट्रपति हिगिन्सबीच शिष्टाचार भेट

1.1K

काठमाडौं । सभामुख देवराज घिमिरे र आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्सबीच शिष्टाचार भेट भएको छ । भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ ।

शुक्रबार राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीचउ च्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डको प्रतिनिधिसभाका सभामुखले गरेको नेपाल भ्रमणले दुई संसद्बीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने ।

सभामुख घिमिरेले नेपाल र आयरल्यान्ड भौगोलिक रूपले टाढा भए तापनि कला, साहित्य, संगीत तथा संस्कृतिकाम ाध्यमले नजिक रहेको उल्लेख गरे । ‘हाम्रा दुई मुलुकबीच विश्वशान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरू हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धता रहेका छन्,’ सभामुखको भनाइ थियो ।

Advertisement

भेटमा आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुकधनी रहेको उल्लेख गरेका थिए । उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालायित रहेको बताए । राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्यान्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन गायतका क्षेत्रमा काम गर्न सकिने धारणा राखेका थिए ।

तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्यान्ड भ्रमणमा निस्किएका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।