लन्डन । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसंघीय उच्च प्रतिनिधि रबाब फतिमाबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्डसँग मंगलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले भेट गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र फतिमाबीचको भेटमा सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।