November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रहेनन् पूर्वराष्ट्रिय गोलकिपर शाही

4.5K

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी लोकबहादुर शाहीको निधन भएको छ। गएको साता जन्मथलो दैलेख गएका ६५ वर्षका शाहीको आइतबार राति निधन भएको हो।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका राम्रा गोलकिपरका रुपमा चिनिने खेलाडी हुन्। नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए।

शाहीले सन् १९९५ देखि २००२ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिव पदमा रहेर पनि काम गरेका थिए। नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खराब स्वास्थ्यका कारण खेलकुद गतिविधिमा क्रियाशील थिएनन्। 

Advertisement