काठमाडौं । सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनका भन्सार अधिकृत पुष्प जोशी, नायव सुब्बा विरेन्द्र नेपाली र कमल परियारलाई पक्राउ गरेको हो ।
६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्नता देखिएपनि अनुसन्धानका लागि हिजो (शुक्रबार) उनीहरुलाई नियन्त्रणमा लिएको हो ।