April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बुटवलमा लायन्स क्लबद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

3.8K

बुटवल । सामाजिक कार्यमा अग्रसर ‘लायन्स क्लब अफ भृकुटी प्याराडाईज’ले क्यान्सर पीडितलाई आर्थिक सहयाेग गरेकाे छ । बुधबार क्लबकी थर्ड भिपि तुलसा पराजुलीकाे छाेरीकाे जन्मदिनकाे अवसर पारेर क्लबले आर्थिक सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ‘डिस्ट्रिक गभर्नर पिएमजेएफ लायन’ अर्जुनमान सैंजुकाे हातबाट देविनगरमा बसोबास गर्दै आएकी क्यान्सर पीडित हिरा कार्कीकाे अभिभावकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएकाे हाे ।

कार्यक्रमको विशेष अतिथि जिएसटी लायन राधिका भुसाल, एरिया सेक्रेटरि लायन डा. शान्ता शर्मा, रिजन चेयरपर्शन लायन दिपक श्रेष्ठ, जाेन चेयरपर्शन तथा क्लबकाे एक्सटेन्सन चेयरपर्शन लायन अमृता कार्की पाैडेल लगायतकाे उपस्थितिमा सम्पन्न कार्यक्रमकाे संयाेजक क्लबकाे थर्ड भिपी तुलसा पराजुली रहेकी थिइन् ।

Advertisement

क्लबकी अध्यक्ष सुमित्रा टण्डनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबकाे सचिव सुनिता न्याैपानेले कार्यक्रम सञ्चालन गरेकी थिईन् भने झण्डाकाे अभिवादन क्लबकाे डाईरेक्टर सरस्वती रानाले गरेकी थिईन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन अर्जुनमान सैजुले सामाजिक सेवा गर्दै अगाडि बढ्न र क्लबले गर्नुपर्ने कार्ययाेजनाहरूबारे सल्लाह सुझाव दिदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने लायन राधिका भुसालले क्लब सञ्चालनकाे लागि सधै सहयोग र सल्लाह दिन तयार रहेकाे बताएकी थिईन् ।