May 11, 2025, Sunday
२०८२ बैशाख २८
1:37:26 pm

गायिका समिक्षा अधिकारीले दिइन् फेसबुक पेज र अनलाइनविरुद्ध उजुरी

1.7K

काठमाडौँ । आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै गायिका समिक्षा अधिकारीले केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा अधिकारीले उजुरी दिएकी हुन् ।

‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको’ भनेर झुटो खबर फैलाएकोमा त्यसको प्रतिवादस्वरुप केहि संजालहरुमाथि किटान गरि जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’ उनले भनेकी छिन् ।

वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जालमा प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाई रहेको समेत स्पष्ट पारेकी छिन् । जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीमा विना तथ्य झुटो कुरा पोष्ट गर्ने पेजविरुद्ध कानुनी कारबाहीका लागि आग्रह समेत गरेकी छिन् ।

Advertisement

केही दिन अगाडि समिक्षालाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको भन्दै केही फेसबुक पेजले स्टाटस लेखेका थिए ।