April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै

1.5K

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।श्रेष्ठले आज दिउँसो अपराह्न ४ बजे शपथ लिँदै छन् ।

सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

Advertisement