काठमाडौं । चौथो संस्करणको सिसेःक्पा कप फुटसल प्रतियोगिता–२०२३ सम्पन्न भएको छ । आइतबार ललितपुरको फुटसल भिलेजमा सम्पन्न फाइनल खेलमा ड्रिमर्स एफसीलाई ३–० गोलले पराजित गर्दै मिडिया इभेन्ट रिसर्च सेन्टर (मर्स)ले उपाधि हात पारेको छ ।
विजेताले मर्स ‘ए’ ले नगद ६० हजार ट्रफी मेडल प्राप्त गरेको छ भने उपविजेता ड्रिमर्स एफसीले नगद ३० हजार ट्रफी मेडल प्राप्त गरेको छ ।
याक्थुङ युवा मञ्चको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।प्रतियोगितामा ४५ टोलीको सहभागिता रहेको थियो ।
आयोजकका अनुसार फाइलन खेल अघि महिला टोलीको मैत्रिपूर्ण खेल भएको थियो । जसमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै नगद ५–५ हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा कलाकार÷निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बा रहेका थिए । समापन समारोहमा बोल्दै भने, ‘पहिलोपटक यसरी खेल हेर्न पाएँ । सुरुवातमा अउँदा बोर लागेको जस्तो महशुस भएको थियो, तर खेल हेर्दै जाँदा निकै रमाइलो भयो । बिजेता टोली र उपविजेता टोलीलाई बधाई, अझै राम्रो गर्दै जानु ।’ उनले विजेता तथा उपविजेता सबै टोलीका खेलाडीलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगितामा नेपाली राष्ट्रि महिला फुटबल टिमकी सदस्य सरु लिम्बुलाई सम्मान गरिएको थियो ।