April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ताप्लेजुङमा ‘सिरिजङ्गा कला साहित्य तथा साँस्कृतिक सम्बर्द्धन’ समिति गठन

3.5K

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा ‘सिरिजङ्गा कला साहित्य तथा साँस्कृतिक सम्बर्द्धन समिति गठन भएको छ । शनिबार गाउँपालिकाका उपाध्यक्ष डा चित्रकुमार माबोको प्रमुख आतिथ्यतामा ९ सदस्सीय समिति गठन भएको हो ।

रूकमान थेबेको अध्यक्षतामा गठन भएको उक्त समितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी चयन भएका छन् भने सचिवमा भिम माबो, सहसचिवमा राज रोबर्ट अजनवी र कोषाध्यक्षमा लोजी लिम्बू चयन भएका छन् । यस्तै, समितिको सदस्यहरूमा राजा माबो, अभिलाषि राज, तेज कुमार भट्टराई, भवानी विष्ट चन्द्रकला पालुंवा, नेत्र ताम्लिङ चयन भएका छन् ।

मनोनित समितिले एक हप्तामा बिधान बनाइ पालिकामा पेस गर्ने विधान अध्यक्ष अधिकारीले जानकारी दिए । भदौ २८ र २९ गते मोति जयन्ती र बालदिवसको अवसर पारेर पालिका भित्रका अन्तर माध्यमिक विद्यालयबम विद्यार्थीहरुबीच गजल तथा कविता प्रतियोगिता गरिने निर्णय पनि भएको अध्यक्ष थेबेले बताए ।

Advertisement

नयाँ पुस्तामा साहित्यप्रतिको लगाब र चासो घट्दै गएको बेला यस कार्यक्रम नयाँ पुस्ता र पुरानो पुस्ताबीच साहित्यको पुल बन्न सक्ने समितिको ठहर छ ।

सिरिजङ्गा गाउँपालिका भित्र रहेका साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरू र साहित्य प्रेमी व्यक्तित्वहरूलाई संगठित गर्दै साहित्यको विकास, संरक्षण एवम् सोसँग सम्बन्धित सम्पूर्ण नव स्रष्टाहरूलाई उचित अवसर दिलाउने उदेश्यले यस समिति गठन गरिएको जनाइएको छ ।