April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

1.7K

काठमाडौं । विमानस्थलबाट समातिएका रोहन अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त भएका छन् । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक र शुक्रबार पक्राउ परेका अकुडिया थुनामुक्त भएका हुन् ।

राजस्व विभागले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो । अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेका प्रहरीले जनाएको छ ।

उनीहरुसँगै व्यवसायी रोहन अडुकिया पनि थुनामुक्त भएका प्रहरीले जनाएको छ । दिल्लीबाट आएलगत्तै पक्राउ परेका उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन । उनलाई पनि आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको स्रोतले जनाएको छ ।

Advertisement

गत साउन ३ गते हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ विमानस्थलबाट बाहिरीसकेपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।