April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गायक बद्री केसी लण्डनमा मृत फेला

4.1K

लण्डन–डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन्। शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए। लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका उनी लण्डनका चिरपरिचित गायक थिए।

उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए। पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए।

Advertisement