काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको सदस्यमा मदनराज पौडेलले आफ्नो उम्मेदवारी दिएका छन् । २०२३ -२०२५ को कार्यकालका लागि पौडेलले उम्मेद्वारी दिएका हुन्।
बौद्धिक , मिलनसार र सहयोगी स्वभावका पौडेल नेपालको बिद्यार्थी आन्दोलनको राप र तापले खारिएका व्यक्ति हुन्। जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि निरन्तर संघर्ष गर्ने तथा सबै पक्षसङ्ग समन्वय गर्न सक्ने उनको विशेषता हो ।
गैरआवासीय नेपालीहरुको हकहित एवम् आपसी सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वासका साथ उनी निर्वाचनमा होमिएका उनले निर्वाचनमा आफूलाई सहयोग गर्न अष्ट्रेलियावासी सम्पूर्ण नेपालीहरूमा अपिल पनि गरेका छन् ।