काठमाडौँ । एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसिटीयू) को आयोजनामा श्रमिकहरूलाई बाँच्न पुग्ने ज्याला तत्काल घोषणा गर्न सरकारलाई दबाब दिने उद्देश्यले दबाबमूलक कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार काठमाडौस्थित माइतिघर मण्डलामा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसिटीयू) मा आवद्ध सम्पूर्ण घटक संघसंगठनको प्रतिनिधि मण्डलले दबाबमूलक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसिटीयू) का अध्यक्ष विष्णु लम्साल महासचिव दीपक पौड्यालले श्रमिकहरूका समस्या र सवालका विषयमा धारणा राख्दै सरकारले समग्र ट्रेड युनियन र श्रमिकका सवालहरुलाई उचित यथोचित र न्यायोचित ढंगबाट समाधानको पहल र प्रयास नगरेको प्रति रोष प्रकट गरेका थिए।