April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरका भुपेस नेम्बाङ कोरियामा मृत अवस्थामा फेला

3.2K

काठमाडौं । कोरियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । दक्षिण कोरियामा मजदुरको रुपमा काम गर्दै आएका पाँचथरका भुपेस नेम्बाङ मृत अवस्थामा फेला परेका हुन् ।

नेम्बाङ सामाजिक संजाल फेसबुकमा ‘अलविदा’ लेखेर बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनपछि शुक्रबार उल्सान नदीमा उनको शव फेला परेको हो । निरन्तर बर्षातका कारण पानी धमिलो र पानीको वहाव अत्याधिक भएकोले खोजी कार्यमा ढिलाई भएको जनाइएको छ ।

उनी कोरियाको दक्षिणी ठूलो शहर थेगुबाट बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा प्रहरीले थेगु शहर नजिक बग्ने नाग्दोङ नदिको किनारमा ३ दिनपछि साइकल फेला पारेको थियो ।

Advertisement

उनको आत्महत्या हो कि हत्या भन्ने अहिले पुष्टि भइनसकेको र अनुसन्धान जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएको कोरियामा रहेका एक नेपालीले बताए ।