काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ पञ्जाव एफसीमा थप एक वर्षका लागि अनुबन्ध भएका छन् । भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो ।
पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको छ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटकदेखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ ।