November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

रेखा थापा र पूजा शर्माको एकसाथ अभिनय रहने उपहारको इजाजत प्राप्त

2.3K

काठमाडौँ । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गरेर ‘उपहार’ ल्याउने भएका छन् ।

मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो ।

‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए ।

Advertisement

आगामी भदौदेखि छायांकनमा जाने फिल्मलाई रेखा स्वयंले निर्माण गर्नेछिन् । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ । फिल्ममा रेखा र पूजासँगै अर्की एकजना अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले ‘उपहार’को निर्देशन गर्नेछन् ।