April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समर मिट एण्ड गीत प्रोग्राम २०२३ आयोजना हुने

2K

बेलायत । चितवन समाज युकेले चाल्र्टनमा आइतबार समर मिट एण्ड गीत प्रोग्राम २०२३ आयोजना गर्ने भएको छ । चाल्र्टनको आवर लेडी ग्रेस क्याथोलिक चर्चमा कार्यक्रम हुने भएको हो ।

जुलाई ९ का दिन आयोजना गर्ने कार्यक्रममा नेपालका चर्चित गायक राजु परियार र गायिका शिला आलेको प्रस्तुति रहने छन् । गीत संगीतको कार्यक्रमलाई ‘सुनगाभा दोहोरी २०२३’ नाम दिइएको छ ।

चितवनबाट युकेमा बसोबास गर्न पुगेकाहरुले भेटघाट गर्ने कार्यक्रमसहित स्वादिष्ट नेपाली परिकारको समेत कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Advertisement