गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषद संयोजक पदका लागि सुकिर्ति भट्टले उम्मेदवारी घोषणा गरेकी छिन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् ।
आफ्ना विगतका अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्दै उनले संयोजक पदका लागि उम्मेदवारी दिएको घोषणा गरिन् । एनआरएनएमा लामो समयदेखि सक्रिय रुपमा कार्यरत भट्ट ले यस अगाडी एनआरएनए अन्तर्गतको ‘नारी निकुञ्ज’मा रहेर काम गरेकी छन् भने २१-२३ कार्यकालमा उनले सहसंयोजकको रुपमा काम गरिसकेकी छिन् ।
भट्टले एनआरएनएको गतिविधिमा धेरै राजनीतिकरण भएको भन्दै यसलाई न्यूनीकरण गर्न र राजनैतिक हस्तक्षेपबाट टाढा राख्न स्वतन्त्र उम्मेदवारी दिएको बताईन् । उनले आफूजस्ता स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्न अनुरोध पनि गरिन् ।
एनआरएनएलाई आफुले नजिकबाट बुझेको भन्दै उनले नेपाली समुदायका व्यक्तिहरुको उत्थानका लागि अस्ट्रेलियन सरकारसंग समन्वय गरेर अगाडी बढ्ने बताईन् ।
एनआरएनए अस्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि जुलाई २९ तरिखमा निर्वाचन हुँदैछ ।