क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । अनुजा प्रधान, नायायण सिलवाल, तिर्थ धमला र सीता सापकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।
एनआरएनएको दुईजना उपाध्यक्ष पदका लागि पुष्प नेपाल (लोकेन्द्र) र कासी दनैको मात्र उम्मेदवारी परेको एनआरएनए बेल्जियमको निर्वाचन समितिले जनाएको छ । १ जना उपाध्यक्ष (जनजाती) मा सुर्य नारायण श्रेष्ठ र इन्दिरा चाम्लिङ राईको उम्मेदवारी परेको हो । यस्तै, युवा उपाध्यक्षमा रिबु बस्नेत र महिला उपाध्यक्षमा साबित्रा गिरीले मात्र उम्मेदवारी दर्ता गरेका छन् ।
एनआरएनए महासचिवमा रुबिना शर्मा र राजेन्द्र कार्कीले उम्मेदवारी दिएका छन् भने २ सचिव पदका लागि रमेश दाहाल र सञ्जय देब श्रेष्ठ, त्यसैगरी महिला सचिवमा जमुना शर्मा आचार्यले उम्मेदवारी दिएका छन् । यस्तै, कोषाध्यक्षमा अजित तुलाचन र हरि रोकाले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा डा राजु श्रीवास्तवको मात्र उम्मेदवारी दिएका छन् ।
यस्तै, क्षेत्रीय संयोजकमा हरि लामिछाने गेन्ट, सुरज खरेल लुभेन, देबी कुमारी शर्मा ब्रुगे, चित्र गुरुङ एन्टवेरपेनका लागि एक एक जनाको उम्मेदवारी परेको छ ।
१ महिला संयोजक पदका लागि सरु गुरुङ र सारदा धितालले उम्मेदवारी दिएका छन् भने युवा संयोजकमा सुदीप चौधरीको मात्र उम्मेदवारी परेको छ ।
यस्तै, महिला सदस्यमा सीता कुमारी दाहालको मात्र उम्मेदवारी परेकोछ भने ६ जना खुल्ला सदस्यका लागि रमेश सापकोटा, सुर्य प्रशाद सापकोटा, गंगा प्रशाद गुरुङ, रोशन गौतम, दीपिका केसी, बिकी मल्ल, दिनेश भण्डारी, बिनोद शाही,शम्भु अधीकारी, नीता सुब्बा, जानु नेपाल खरेल, रस्मी निरौला, सुरेश खड्का क्षेत्री, तेज अर्याल,गजेन्द्र बोगटी, चित्र कुमारी खतिवडा, सरोज आचार्यको उम्मेदवारी परेको छ ।
२ जना आईसिसी सदस्य पदका लागि भिम सुबेदी, मदन दवाडी र हरी भट्टराईले उम्मेदवारी दिएका छन् ।