November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भेरी नदीमा यात्रुबाहक बस खस्यो

3.4K

काठमाडौं- सुर्खेतको छिन्चुबजारबाट जाजरकोटतर्फ जाँदै गरेको यात्रुबाहक बस भेरी नदीमा खसेको छ। बिहीबार सवा ३ बजेतिर बस दुर्घटना भएको हो।

सुर्खेत प्रहरी प्रमुख दिल्लीराज पन्तका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको हो।

यद्यपि दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको पन्तले बताए। घटनास्थलतर्फ सुर्खेतको प्रहरी टोली गइरहेको समेत पन्तले जानकारी दिए। 

Advertisement