काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन-पिरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ । महासचिव ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
चार दिने भ्रमणमा नेपाल आएका ल्याक्रोइक्स र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।
मंगलबार काठमाडौँ आइपुगेका उनले मंगलबार नै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए ।