November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

साफ च्याम्पियनसिप: नेपाल कुवेतसँग ३-१ ले पराजित

2.1K

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको छ । भारतको बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको पहिलो दिनको पहिलो खेलमा आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा सहभागी कुवेतसँग नेपाल पराजित भएको हो ।

कुवेतको जितमा मोहम्मद अब्दुल्लाहले एक र गोल एक असिस्ट गरे भने खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे ।

नेपालका लागि अन्जन विष्टले एक गोल गरे ।
पहिलो हाफमा नेपालले आफ्नै गल्तीमा गोल खाएको थियो। पहिलो हाफमा कुवेतले दुई गोल गर्‍यो ।

Advertisement

नेपालले दोस्रो खेल शनिबार घरेलु टोली भारतसँग खेल्नेछ । नेपाली टिममा किरण चेम्जोङ, सनिश श्रेष्ठ, रोहित चन्दर अनन्त तामाङ, विमल पाण्डे, पुजन उपरकोटी (नविन लामा ६६ मिनेट), एरिक विष्ट, लकेन लिम्बु (आवास लामिछाने ८३ मिनेट), अन्जन विष्ट, नवयुग श्रेष्ठ (आयुष घलान ४६ मिनेट), मनिष डाँगी (आशिष चौधरी ७३ मिनेट) रहेका छन् ।