November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गायक खरेललाई गालीगलौज गर्नेलाई कारबाही गर्न संगीतकर्मीहरुको माग

5.1K

काठमाडौं–गायक प्रमोद खरेललाई एक म्युजिक कम्पनीका सञ्चालकले गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै संगीतकर्मीहरुले प्रहरीसमक्ष दोषीलाई कारबाही गर्न अनुरोध गरेका छन्।

खरेललाई विन्धवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले त्यस्तो व्यवहार गरेको भन्दै दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुले हस्ताक्षरसहित टेकु प्रहरीलाई आग्रह गरेका हुन्। 

आफ्ना सिर्जना नियम अनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलको आरोप छ।

Advertisement