सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चढेको गाडी दुर्घटनामा परेको छ । कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।
डडेलधुराबाट चैनपुर प्रस्थान गरेको उक्त गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।