November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एकीकृत समाजवादी धुलिखेल नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न

2.3K

काठमा। नेकपा (एकीकृत समाजवादी)  काभ्रे धुलिखेल नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार धुलिखेल तालिम केन्द्रको सभाहलमा भएको अधिवेशनले दया सागर श्रेष्ठको अध्यक्षतामा ४५  सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनले महिला उपाध्यक्षमा संचिता लामा र उपाध्यक्ष मोहन दाहाल, सचिव  यादव कोइराला, उपसचिवद्वय पार्वती थापा र भैरव बडाल लगायत पदाधिकारीहरू सर्वसहमत निर्वाचित गरेको छ । नेकपा एकीकृत समाजवादी धुलिखेलका ११ वटा वडाका प्रतिनिधिहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि बागमती प्रदेशका श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै मन्त्री लम्सालले पानीको फोका जस्तै निस्किएका नयाँ पार्टीको बहकाउमा नलागी संगठनको सदस्यता वृद्धि गर्न निर्देशन दिए। धुलिखेल नगर कमिटीमा अहिले २०० संगठित सदस्य रहेको देखिन्छ, त्यसलाई बढाएर १००० पुर्याउनु पर्ने भन्दै नियमितता र लगनशीलताले मात्रै पार्टी ठुलो बनाउन सकिने मन्त्री लम्सालको धारणा थियो ।

Advertisement

यस्तै अधिवेशनको उदघाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम, काभ्रे जिल्ला अधिवेशन संयोजक बसुन्धरा हुमागाँई , सदस्यहरु गोकुल गौतम, यसु लामा भातृ संगठनका प्रमुखहरु र धुलिखेल नगरबाट प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस, नेकपा माओवाद केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, उद्योग वाणिज्य संघका पदाधिकारी लगायत विभिन्न संघ संस्था र पर्यवेक्षकहरुलाई निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा आमन्त्रित अन्य दलका नगर प्रतिनिधीहरुले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। नगर कमिटी अध्यक्ष दया सागर श्रेष्ठले राजनैतिक प्रतिवेदन र  कोषाध्यक्ष टीका प्रसाद हुमागाँईले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो भने उक्त प्रतिवेदन माथि छलफल भएको थियो ।