November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सिरी ए फुटबलमा लिग लिडर एसी मिलान युभेन्टससँग पराजित

2.5K

काठमाडौं–इटालियन सिरी ए फुटबलमा लिग लिडर एसी मिलान युभेन्टससँग पराजित भएको छ। बुधबार राति भएको खेलमा एसी मिलान आफ्नै मैदानमा युभेन्टससँग ३–१ गोलले पराजित भएको हो।

युभेन्टसको जितमा फेडेरिको चिसाले दुई गोल गर्दा वेस्टन म्याक्केनीले एक गोल गरे। एसी मिलानका लागि डेविड कालाब्रियाले एक गोल गरे। खेलको १८ औं मिनेटमा गोल गर्दै फेडेरिकोले युभेन्टसलाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा डेविडले गोल गरेपछि एसी मिलानले युभेन्टससँग पहिलो हाफ १–१ गोलको बराबरी खेलेको थियो।

खेलको ६२ औं मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दा ७६ औं मिनेटमा वेस्टन म्याक्केनीले गोल गर्दै युभेन्टसलाई ३–१ गोलको जित दिलाए।

Advertisement