सोलुखुम्बु । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सोलुखुम्बुको प्रहरी चौकी मुक्लीको नव निर्मित प्रहरी कार्यालय भवनको समुदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गरेका हुन् ।
नवनिर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै गाँस, बास र कपासको उचित ब्यबस्थापनले प्रहरी कर्मचारीमा थप मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवासमेत स्तरिय हुने धारणा व्यक्त गर्दै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले नयाँ भवन निर्माणको लागि प्रहरीलाई आफ्नो अमूल्य जग्गा प्रदान गर्ने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान पत्र तथा प्रशंसा पत्रले सम्मान गरेका थिए ।
कोशी प्रदेश सरकारबाट बिनियोजित १ करोड ६६ लाख ३८ हजार ५६० को लागतमा प्रहरी चौकी मुक्लीको प्रहरी भवन निर्माण सम्पन्न भएको हो ।
