काठमाडौं । तनहुँमा बोराभित्र मृत फेला परेकी युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । श्रीमतीको हत्या आरोपमा भानु नगरपालिका–५ मैबल घर भई व्यास नगरपालिका–४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्ट पक्राउ परेका छन् ।
पक्राउ परेका विष्टले व्यास–१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेलकोे हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए । हत्यापछि उनले व्यास–४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए । हात बाँधिएको अवस्थामा बोराभित्र राखेर शव उक्त स्थानसम्म पु¥याइएको थियो । मंगलबार बिहान स्थानीयले शवबाट गन्ध आएको थाहा पाएपछि फेला पारेका थिए ।
अनुसन्धानको क्रममा सुरूमा मृतकको पहिचान खुलाउने प्रयास गरिएको थियो । मृतकको सनाखत भएसँगै अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।