April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादीको स्वास्थ्य सन्देश– ‘मौसमजन्य स्वास्थ्य समस्याबाट बचौँ र बचाऔँ’

1.5K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मौसम परिवर्तनसँग हुने विभिन्न प्रकारका मौसम जन्य रोग र समस्याबाट बच्न सचेत गराएको छ । एकीकृत समाजवादीले देशभर तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेसँगै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं पार्टी सदस्यहरूले यसलाई कर्तव्यका रुपमा बुझी व्यापक प्रचार प्रसारमा जुट्न र छिमेकमा सहयोग गर्न स्वयंसेवकका रुपमा सक्रिय हुन अनुरोध गरेको छ ।

मौसमजन्य समस्याबाट बच्न र बचाउन आफ्ना पार्टी पंक्ति र सरोकारवालाहरूलाई पार्टीले यसरी स्वास्थ्य अपिल मार्फत सन्देश दिएर सचेत गराइएको हो । पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा.गंगालाल तुलाधरले अपिल मार्फत स्वास्थ्य सन्देश सार्वजनिक गर्दै नेता तथा कार्यकर्ताहरूलाई त्यस्ता सामाजिक कार्यमा जुट्नसमेत निर्देशन गरेको छ ।

सन्देशमा भनिएको छ, ‘राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा सचेत हुन र सुरक्षाका उपायहरू अपनाउन जारी गरेको अपिल पठाइएको छ । नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले देशभर तापक्रम बढे सँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको प्रक्षेपण गरे सँगै र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा सचेत हुन र सुरक्षाका उपायहरू अपनाउन जारी गरेको अपिल पठाइएको छ ।

Advertisement