लन्डन। पाँचथर थर्पु समाज युकेले आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । शनिबार अल्डरसटस्थित एम्पायर हलमा भव्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अथितिद्वय रनबहादुर तावा लिम्बु, रनहाङ माबो, पाँचथर समाज सेवा युकेकी वरिष्ठ उपाध्यक्ष शान्ति खिम्दिङ सेलिङ लिम्बु, सल्लाहकार धनकुमार काम्बाङ र अध्यक्ष बिमला सिगु लिम्बूले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । यस्तै, वार्षिकोत्सव कार्यक्रममा प्रमुख अथिति रनबहादुर तावा, रनहाङ माबो र अध्यक्ष बिमला लिम्बूले केकसमेत काटेका थिए । मातृभूमि नेपाललाई स्मरण गर्दै नेपालको राष्ट्रिय गान र बेलायतको राष्ट्रिय गान बजाएर कार्यक्रम बजाइएको थियो ।
बिमला लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमलाई निवर्तमान अध्यक्ष तिलबिक्रम तावाले स्वागत मन्तव्य राखेका थिए भने सल्लाहकार धनकुमार काम्बाङ, मनकुमार काम्बाङ र संस्थापक अध्यक्ष एवं सल्लाहकार चन्द्र सुन्दासले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सम्पूर्ण पाँचथर थर्पुवासी दाजुभाइ, दिदीबहिनी, भान्जाभान्जी जम्मा भई एकआपसमा रमाइलो भलाकुसारी गरेका थिए ।
मनोरन्जनात्मक कार्यक्रममा राफल ड्र खेलाएका थिए भने स्थानीय कलाकारद्वय संगीता गैरे र लुइस नेपाली परियारले विभिन्न नेपाली गीतमा नाचेर भरपुर मनोरञ्जन दिलाएका थिए । त्यसैगरी नेपालबाट आएका गायक सन्दीप छेत्रीले पनि विभिन्न नेपाली गीत गाएर माहोललाई बेसरी तताएका थिए ।
अध्यक्ष बिमला लिम्बूले प्रमुख अथिति, अन्य अथितिहरुलाई सम्बोधन गर्दै १० औं वार्षिक उत्सव सफल भएको घोषणा गरिन् । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण मान्यजनहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् ।
कार्यक्रम सचिव योगेन्द्र तावाहाङले सन्चालन गरेका थिए ।