काठमाडौं । चीनमा ४ महिनापछि आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड)का लागि खेलाडी छनौट दौरानमा बुधबार झगडा भएको छ ।
छनोट चलिरहँदा आन्तरिक विवाद झगडामा बदलिएको थियो । महासंघका सचिव ध्वजमान मोक्तान र सदस्य कृष्ण गौतममाथि हातपात भएको छ ।
दुई दिन सम्म भएको छनोटले एसियाडका लागि ८ खेलाडी छनोट भएका थिए । एसियाड असोज ६ देखि २१ गते सम्म चीनको हान्झाउनमा हुनेछ ।
छानविन समिति गठन
झगडाका विषयमा छानविन गर्न नेपाल कराते महासंघले उपाध्यक्ष ओमकृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ ।
महासंघका अध्यक्ष लामाले सामाजिक सन्जालमार्फत छानविन समिति गठन भएको जानकारी दिएका छन् । समितिले विवादको कारण के हो र को कोमाथि हातपात भएको विषयमा समितिले छानविन गरेर प्रतिवेदन बुझाउने बताइएको छ ।
छानविन समितिको सदस्यमा महासंघका सदस्य रवी महर्जन र गजेन्द्र साउद रहेका छन् । महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले छानविन समिति गठन गरेको हो ।
घटनाको छानविन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउन समितिलाई भनिएको छ ।