April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भारतको भित्तेचित्रले दुई देशबीचको कुटनीतिक सबन्धमा दरार आउन सक्छः बाबुराम भट्टराई

2.7K

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखेको भितेचित्रले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउन सक्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झै दर्शाउने गरी अंकित गरेपछि यसले यसले कुटनीतिक सम्बन्धमा दरार आउन सक्ने बताएका हुन् ।

सोमबार ट्वीटमार्फत डा भट्टराईले भने, ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ ।’

यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना बढेको पनि बताए ।

Advertisement

उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुने बताए ।