April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सप्तकोशी बहुमुखी क्याम्पसको स्ववियुद्धारा एक दिने निःशुल्क आँखा परीक्षण

1.8K

वराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोशी बहुमुखी क्याम्पसको स्ववियुद्धारा एक दिने निःशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।

परीक्षणबाट १०५ जना भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित भएका छन् । स्वतन्त्र विद्यार्थी युनिययन (स्ववियु) सप्तकोशी बहुमुखी क्याम्पसको आयोजना र नेपाल नेत्रज्योती संघ विराटनगरको समन्वयमा उक्त कार्यक्रम गरेको हो ।

विद्यार्थीहरुको हकहितकालागि भनी नेपाल नेत्रज्योती संघ विराटनगरका वरिष्ठ डाक्टरहरुको उपस्थितिमा आँखा परीक्षण गराइएको स्ववियु अध्यक्ष चित्रमान राईले जानकारी दिएका छन् ।

Advertisement

आँखा परीक्षणमा १२ जनामा मोतिविन्दु समेत देखिएको र देखिएकालाई अस्पतालसित सहकार्य गरि उपचार गराइने आयोजकले जनाएको छ ।