November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदेश प्रमुख खापुङद्धारा खानेपानी आयोजना तथा साधारणसभाको उद्घाटन

2.5K

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिद्वारा निर्मित खानेपानी आयोजना तथा प्रथम साधारणसभाको उद्घाटन गरेका छन् ।

संस्थाको प्रांगण सुन्दरहरैचा १०, मोरङमा आयोजित कार्यक्रमका बिच प्रदेश प्रमुखले आयोजना तथा साधारण सभाको उद्घाटन गरेका हन् ।

सुन्दरहरैचा नगरपालिकाका मेयर तथा उपभोक्ता समितिका अध्यक्ष केदारप्रसाद गुरागाइँको सभापतित्वमा सम्पन्न कार्यक्रममा जग्गादातालाई सम्मान, कार्यसमितिलाई मायाको चिनो दिइएको थियो भने छिमेकी खानेपानी उपभोक्ताका प्रतिनिधि, राजनैतिक पार्टीहरुका प्रतिनिधि, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले शुभकामना मन्तव्य दिएका थिए ।

Advertisement

उद्घाटनपश्चात बन्दशेसन शुरु भएको साधारणसभाको चुनाव जेठ २० गते हुने भएको छ ।