काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अन्तर्गत नेपाल कजाकस्तानसँग पराजित भएको छ । यसअघिको दुई संस्करणको च्याम्पियन नेपाल फाइनलमा पुग्न असफल भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको घरेलु टोली नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा राखेको थियो ।
चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा पराजित भएको हो ।