November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथरमा सुरक्षा व्यवस्था सम्बन्धमा छलफल तथा अन्तरक्रिया

2.2K

पाँचथर । पाँचथरमा सुरक्षा व्यवस्था सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले पाँचथर जिल्लाका स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधी, व्यापार संघ, नागरिक समाज, पुर्व प्रहरी, पत्रकार लगायतका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा भएको उक्त कार्यक्रममा सहभागी महानुभावहरुले जिल्लाको सुरक्षा व्यवस्था तथा जिल्लाका अन्य विविध परिस्थितिको बारेमा आआफ्नो जिज्ञासा राखेका थिए । उपस्थितहरुबाट आएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जनमुखी प्रहरीको अवधारणा अनुरुप प्रहरी खटिने र शोषित, पीडित, असहाय, नागरिक तथा पीडामा परेका व्यक्तिहरुलाई प्राथमिकताकासाथ प्रहरी सेवा प्रदान गर्ने गरी प्रहरी परिचालित हुने प्रतिबद्धता गरे ।

उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधीकारीको तर्फबाट पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समन्वय समितिका प्रमुखले धन्यवाद व्यक्त गरेका थिए ।

Advertisement