November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रविधिमैत्री सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न सरकार प्रतिबद्ध छ: मन्त्री श्रेष्ठ

6.8K

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले
सूचना तथा सञ्चार प्रविधिमा सबैको समान पहुँच रहने बताए । मंगलबार छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री श्रेष्ठले सूचना र प्रविधिमा सबैको पहुँच रहने व्यवस्था गरिने बताएका हुन् ।

शुभकामना दिँदै उनले भनेका छन्, ‘हामी बाँचिरहेको युग सूचना सञ्चार र बिज्ञान प्रविधिको हो । सञ्चार तथा सूचना प्रविधिको प्रयोग आम नागरिकले सुरक्षित रूपमा गर्न पाउने र सूचना तथा सञ्चार प्रविधिमा सबैको समान पहुँच रहने छ ।’

उनले सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा पारदर्शिता, सहजता, मितव्ययिता र छिटोछरितो बनाउँदै प्रविधिमैत्री सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।

Advertisement