हङकङ । किरात याक्थुङ चुम्लुङ हङकङको १३औँ अधिवेशन सम्पन्न भएको छ । आइतबार काउलूनको जोर्डनस्थित याक एण्ड यति रेस्टुरेण्ट एण्ड बारमा सम्पन्न अधिवेशनले चक्रिय प्रणाली अन्तर्गत ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।
अधिवेशनले पहिलो एक वर्षको लागि अध्यक्षमा शेरबहादुर लक्सम्बा पहिलो र दोस्रो र तेस्रो वर्षको लागि समशेर तुम्बाहाङ्फेलाई चयन गरेको छ । यस्तै, समितिको उपाध्यक्षमा कला यक्पाङदेन र श्याम इङनाम , महासचिवमा लक्ष्मी पन्धाक, सहसचिव रेश्मा सम्बाङ्फे, कोषाध्यक्षमा खगेन्द्र लावती र सहकोषाध्यक्षमा गोरीमाया (रुबी) चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यहरुमा इन्द्र बहादुर लक्सम, भक्तराज लिम्बु, जीवन पोमु, दिल लिम्बु योङ्हाङ, मनिता साँबा, इन्द्र बहादुर खोयाहाङ, कर्ण बहादुर पाङ्मा लिम्बु, नगेन्द्र साँबा, हिम बहादुर लिम्बु, आयुश्ना लिम्बु, सुनिता लिम्बु र कृष्ण वनेम चयन भएका छन् ।
कार्यक्रमको उद्धघाटन सत्रका प्रमुख आतिथ्यता हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङले गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, एनआरएनए यूकेका महासचिव खुशी लिम्बू, किराया हङकङका अध्यक्ष चन्द्रका राई, कियाचु हङकङका अध्यक्ष पूर्ण याक्खा, नेपाल च्याम्बर्स अफ कमर्स हङकङका अध्यक्ष धिरज कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै, उपाध्यक्ष शेरबहादुर लक्सम्बाले स्वागत मन्तव्य राखकेका थिए ।
कार्यक्रममा कियाचु हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङ्वालाई हालैका दिनहरूमा कला क्षेत्रमा पु¥याएको योगदानका लागि र निवर्तमान अध्यक्ष, ताप्लेजुङ मेवा खोला गाउँपालिकाको उपाध्यक्ष भएकोमा असली वनेमलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा महासचिव इन्द्र लक्समले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष खगेन्द्र लावतीले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने विधान समितिका सदस्य रविन लिङदेनले विधान संशोधनका लागि प्राप्त सुझावहरूको टिपोट प्रस्तुत गरेका थिए ।
अध्यक्ष मण्डलको अध्यक्षमा भुपेन्द्र चेम्जोङ र सदस्यहरू हेम लिङखिम, इन्द्र वनेम, प्रदीप कन्दङवा र जीवन मेन्याङबो रहेका थिए ।