November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्टनले हरायो

3.2K

एजेन्सी: इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल पराजित भएको छ।
सोमबार भएको खेलमा लिभरपुललाई साउथह्याम्टनले १-० गोलले पराजित गरेको हो।

खेलको दोस्रो मिनेटमै साउथह्याम्टनले अग्रता लिएको थियो। वार्ड प्राउसको फ्रिकिकमा ड्यानी इङ्ग्सले गोल गरेर साथह्याम्टनलाई सुरुवाती अग्रता दिलाएका थिए।

पराजयपछि पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। लिभरपुलले १७ खेलबाट ३३ अंक बटुलेको छ।

Advertisement

यद्यपी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले लिभरपुललाई अंकमा पछि पार्न सक्नेछन्।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ। एक खेल कम खेलेको युनाइटेडले आगामी खेलमा जित हात पारे लिभरपुललाई पछि पार्नेछ।

दुई खेल कम खेल्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। दुवै खेलमा जित हात पारे सिटीले पनि लिभरपुललाई पछि पार्नेछ।

अंक तालिकामा तेस्रो स्थानको लेस्टर सिटीले १७ खेलबाट ३२ अंक र चौथो स्थानको टोटेनहमले १६ खेलबाट २९ अंक जोडेका छन्।