काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ । गएराति करिब ११:३० बजे खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बीर्ख धामी, मानबहादुर धामी र बीरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एउटै गाउँका हुन् ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बीर्ख धामी, मानबहादुर धामी र बीरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्री रहेका छन् ।
प्रहरीका अनुसार जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।
१२ जना सवार जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो । जिपका चालक भने फरर रहेको प्रहरीले जनाएको छ ।